९ मंसिर २०८३, मंगलवार

राहत बोकेका चिनियाँ जहाज किन गए पोखरा ?

एसीपी संवाददाता

२३ कार्तिक २०८०, बिहीबार ०७:०१ मा प्रकाशित

राहत सामग्री लिएर पोखरा विमानस्थलमा अवतरण भएका चिनियाँ जहाज । तस्वीर :सुदर्शन रञ्जित


काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पमा प्रभावितहरुलाई ब्ल्यांकेट, टेन्ट लगायतका राहत लिएर चिनियाँ जहाज बुधबार नेपाल आयो । जनमुक्ति सेनाका दुई कार्गो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साटो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रम पनि त्यहीँ भयो । राहत हस्तान्तरणका लागि काठमाडौंमा रहेका चिनियाँ राजदूत चेन सङ बुधबार विहान मात्र पोखरा पुगे । लगतै राहत लिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश काठमाडौंबाटै पोखरा पुगे ।

चाइना कन्स्ट्रक्सन कम्पनीको ढिलासुस्ती र आलटालकै कारण काठमाडौं – पोखरा मार्ग अलपत्र

श्रेष्ठका अनुसार ब्ल्यांकेट, त्रिपाल ट्रकमार्फत जाजरकोट र रुकुम पश्चिम पठाइएको छ । यसका लागि पोखराको तुलनामा काठमाडौं विमानस्थलमा राहत झारेको भए सहज हुने थियो ।

तर चिनियाँ पक्षले नै राहत बोकेको जहाज पोखरामा लैजान चाहेको अधिकारीहरु बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भन्छन्, ‘काठमाडौंमा यो साता चापमा उडानहरु भइरहेका छन्, सोहीकारण हुनसक्छ, चीनले आफ्ना जहाज पोखरामै उतार्ने निर्णय लियो ।’

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र लुम्बिनीको ऋण तिर्ने ठेगान छैन चिनियाँ बिआरआईको ऋण बोक्न तयार

काठमाडौंमा दुई कार्गो जहाज उतार्दा पार्किङ वे ओगट्ने र नियमित उडानका जहाजको अवतरण प्रभावित नहोस् भनेर आफूहरुले पनि सहमति दिएको अधिकारीहरु बताउँछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋण सहायतामा निर्माण भएको हो, तर अहिलेसम्म व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको छैन । यसअघि भारतीय सेनाको जहाजले नेपालगञ्जमा राहत लिएर अवतरण गरेको थियो ।  भारत र चीनको मोफसलमा भएको यस्तो उडानले अब नेपालमा काठमाडौंको विकल्प तयार छ भन्ने सन्देश दिएको प्रवक्ता निरौलाले बताए । ‘यस्ता पूर्वाधार बनाउनुको उद्देश्य काठमाडौंको विकल्प दिनु हो,’ उनले भने, ‘अझ संकटको बेला यस्ता पूर्वाधार अझ बढी महत्वपूर्ण हुन्छन् ।’ अनलाइन खबर

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x