१२ मंसिर २०८३, शुक्रबार

रुसले निष्कासन गर्‍यो अस्ट्रेलियाको चार जना कर्मचारी

एसीपी संवाददाता

६ फाल्गुन २०७९, शनिबार १२:२४ मा प्रकाशित

एजेन्सी –  रुसले  अस्ट्रियाली दूतावासका चारजना कर्मचारीलाई निष्कासन गरेको छ।

रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अस्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो।

मस्कोले निष्कासन गरेका ती कर्मचारीलाई यही फागुन ११ गतेभित्रमा रुस छाड्न आदेश दिएको छ। रुसी विदेश मन्त्रालयले रुसका लागि अस्ट्रियाका राजदूत वर्नर आल्मोफरलाई बिहीबार बोलाएर आफ्ना चारजना कर्मचारी भिएनाले निष्कासन गरेकामा त्यसकाे विरोध गर्दै त्यति नै संख्यामा अस्ट्रियाली अधिकारीलाई निष्कासन गरेको जानकारी दिएको हो।

साथै मस्कोले अस्ट्रियाको अनुचित कदमबाट द्विपक्षीय सम्बन्धमा गम्भीर क्षति पुगेको जनाएको छ। गत माघ १९ गते अस्ट्रियाले रुसी दूतावासका दुई कूटनीतिज्ञ र संयुक्त राष्ट्रसंघका लागि भिएनास्थित स्थायी नियोगका दुई कूटनीतिज्ञलाई अस्वीकार गर्दै कूटनीतिक सुरक्षा एवं उन्मुक्ति नदिने घोषणा गरेको थियो।

कूटनीतिक सुरक्षा एवं उन्मुक्तिबाट वञ्चित भएपछि कुनै पनि त्यस्ता कूटनीतिक कर्मचारी आतिथेय मुलुकबाट तत्काल आफ्नो देश फर्कने प्रचलन छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x