१२ मंसिर २०८३, शुक्रबार
रुसले युक्रेनमा गर्यो फेरि भीषण आक्रमण
कीभ : रुसले युक्रेनमा फेरि भीषण आक्रमण गरेको छ । रुसी सेनाले युक्रेनमा यति धेरै मिसाइलहरू प्रहार गर्यो कि भोलोडिमिर जेलेन्स्कीको पहिले नै विनाश भएको देश थप भग्नावशेषमा परिणत भयो। शुक्रबार बिहान सुरु भएको रुसी आक्रमणले पूर्वी र दक्षिणी युक्रेनलाई निशाना बनाएको थियो। रुसी सेनाले यी आक्रमणका लागि क्रुज मिसाइल र ड्रोन प्रयोग गरेको थियो। युक्रेनले युद्धको एक वर्ष पूरा हुनुअघि नै रुसको आक्रमण तीव्र पारेको दाबी गरेको छ । युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले रुसी सेनाले बिहीबार अबेरदेखि ७१ क्रुज मिसाइल र ३५ एस–३०० मिसाइल प्रहार गरेको बताए । यसबाहेक सातवटा ड्रोनबाट आक्रमण भएको थियो । उनले युक्रेनी सेनाले ६१ क्रुज मिसाइल र पाँच ड्रोन खसालेको दाबी गरेका छन् ।
Subscribe
Login
0 Comments


