१ श्रावण २०८३, शुक्रबार

लागुऔषध बिरुद्ध अभियानको कार्ययोजना तयार-प्रहरी प्रमुख प्र.उ.ओमबहादुर राना

एसीपी संवाददाता

१२ आश्विन २०७७, सोमबार १६:४९ मा प्रकाशित

लागुऔषध दुब्र्यसन निस्तेज महाअभियान–२०७७ अन्तरगत नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ मा वडास्तरीय समिती गठन गरिएको छ ।

सोमबार वडा नम्बर २ को कार्यालयमा बसेको सर्बपक्षीय बैठकले सुभाष सिंह श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिती गठन गरेको हो । समितिको सहसंयोजकमा स्नेह मल्ल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा नरेन्द्र थापा, सुवर्ण शाक्य, मुस्कान हल्वाई, नारायणी रुपाखेती, मोहम्मद सलमान हल्वाई रहेका छन । आवश्यक्तानुसार समिती र उपसमितीलाई बिस्तार गर्न सकिने बताईएकोछ ।

वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर राना रहनु भएको थियो । प्रहरी उपरिक्षक रानाले लागुऔषध कै कारण बाँकेमा अपराधका घटनाहरुमा बृद्धि हुने गरेको बताउनुभयो । उहाले समयमै यसको समाधान नगरिए यो समस्या बिकराल हुदै जाने बताउनुभयो ।
बाँकेमा ८० प्रतिशत लागुऔषध कारोवारी, दुर्व्यसनी रहेका उहाले जानकारी दिनुभयो । लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्ण रुपमा निषेध हुने गरी कार्ययोजना बनाएर अघि बढे बाँके लगायतका विभिन्न जिल्लामा यसको सहज रोकथाम हुने प्रहरी उपरिक्षक रानाको भनाई छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा पनि समिती गठन भईसकेको छ । बाँकेका आठवटै स्थानीय तहका सबै वडामा टोल र वडास्तरी, पालिका र नगर स्तरीय लागू औषध निस्तेज टाक्सफोर्स गठनको गुरूयोजना अघि सारेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x