लागु औषध अफिम पदार्थ बरामद
फाइल तस्बिर । बिहिवार जिल्लाको खजुरा गाउँपालिका ८ रनियापुर स्थित लागु औषध अफिमको कारोबार भईरहेको गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर, शाखा कार्यालय नेपालगंज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले संकास्पद अबस्थामा रहेका जाजरकोटका तिलक बहादुर शाहीलाई फेला पारी खानतलासी गर्दा उक्त बस्तु बरामद गरि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
खोजतलास गर्दा शाहीले दाहिने हातमा बोकेका रातो रंगको Bee Cloud लेखिएको झोला भित्र सेतो प्लाष्टिक भित्र ११ वटा पेटी बनाएर राखेको अवस्थामा गिलो लागु औषध अफिम जस्तो पदार्थ तौल गर्दा १० किलो ४०० ग्राम फेला पारेको प्रहरीले जनाएको हो ।
पस बारे थप आवस्यक अनुसन्धान भईरहेको प्रहरीको श्रोतले जनाएको छ ।
लागु औषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाख सम्म जरिवाना नेपालको कानुनी ब्यबस्था रहेको जानकारी दिनुभयो ।



