२४ आश्विन २०८३, शनिबार

लुम्बिनी प्रदेश सरकार परिवर्तनको खतराबाट बाहिर-चौधरी

एसीपी संवाददाता

२० पुष २०७७, सोमबार ११:१७ मा प्रकाशित

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकार परिवर्तनको खतराबाट बाहिर रहेको बताउनुभएको छ । 

रिपोर्टर क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अन्य प्रदेशको सरकारमा अविश्वासको प्रस्ताव दर्ता भए पनि लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताउनुभएको हो ।

विभिन्न मिडियामा हल्ला चले जस्तो लुम्बिनी प्रदेशमा त्यस्तो केही नभएको बताउदै मुख्यमन्त्रीको विपक्षमा रहेर कुनै पनि नेता,सांसदहरु अविश्वासको प्रस्ताव लिएर नआएको जानकारी दिनुभयो ।

प्रवक्ता रहेका चौधरीले संसारमा कहि नभएको, आफ्नै पार्टी भित्र फौजदारी अभियोग जस्तो संगिन आरोपपत्र लगाएर प्रचण्डले पार्टीका प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पारेकाले देशलाई संकटबाट वचाउन तत्काल ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभयो  ।

बाइट……..

यस्तै, नेपाली कांग्रेस लुम्विनी प्रदेशकी सचेतक निर्मला क्षेत्रीले संसद् विघटन कार्य असंवैधानिक र अलोतान्त्रिक भएको टिप्पणी  गर्नुभयो । क्षेत्रीले संसद् विघटन भएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता भएको र सो रिट विचाराधिन अवस्थामा रहेकाले अदालतले उचित न्यायपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमा जनता समाजवादी पार्टी जसपाका नेता सहर्षराम यादवले संसद् पुनःस्थापना हुनुपर्ने माग गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x