४ श्रावण २०८३, सोमबार

लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने कल्पना नगर्-उपेन्द्र यादव

एसीपी संवाददाता

१७ मंसिर २०७७, बुधबार १६:४१ मा प्रकाशित

लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा स्वप्न नदेख्न उपेन्द्र यादवको चेतावनी जनता समाजवादी पार्टीका राष्ट्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानी बाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा स्वप्न नदेख्न चेतावनी दिएका छन् ।

महोत्तरीको रौजामा आयोजित रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संघीय सरकारमा संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरित संघीयता विरोधी, स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र हावी हुँदै गएको आरोप लगाए ।

सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट परास्त भै सकेका शक्तिहरु संग मोर्चाबन्दी गर्दै नेकपा नेतृत्वको सरकारले संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यस्ता दृढता गर्नेहरु आफै समाप्त हुने चेतावनी समेत दिए । त्यस्ता शक्ति विरुद्ध परिवर्तन पक्षधर शक्तिहरुलाई एकजुट हुन आह्वान गर्नु हुँदै अध्यक्ष यादवले जनतालाई समेत सचेत हुन आग्रह गरेका छन् । उनले भने ,‘ यो २०१७ साल होइन, २०७७ हो । अहिले जनता सचेत र संगठित छन , संघीयता र गणतन्त्र समाप्त गर्न चाहने शक्तिलाई जनताले समाप्त गरि दिने छन ।’

जनता समाजवादी पार्टी जनताको अधिकारको रक्षाको निमित्त सदैत संघर्षमा रहेन उल्लेख गर्दै अध्यक्ष यादवले जनताको बलिदानी बाट प्राप्त लोकतन्त्रलाई जसपाले कुनै पनि हालतमा समाप्त हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x