१ श्रावण २०८३, शुक्रबार

लोकप्रियताको नाममा पुराना दललाइ खराब देखाउन थालियोः एमाले महासचिव

एसीपी संवाददाता

२ पुष २०८१, मंगलवार ०९:५२ मा प्रकाशित

नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८ औँ केन्द्रीय परिषद् बैठकलाई सोमबार संशोधन गर्दै पोखरेलले देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताए ।

पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उनेको छ ।  ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठुला दल प्रति निराशा फैलाउने काम भइरहेको छ’, उनले भने ।

नेकपा एमालेलाई कसरी सकिन्छ कमजोर बनाउनको लागि विभिन्न खालका भ्रामक प्रचार गरिएका पोखरेलले बताए । एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमाले माथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उनको भनाइ छ ।

एमालेको विराषदलाई नै समाप्त पार्ने गरी विगतमा भएको षडयन्त्रलाई नेकपा एमालेले परास्त गरी पार्टीलाई रक्षा गरेर अघि बढेको पोखरेलले बताए ।नेकपा एमाले विभाजनका बाबजुद जनताको रोजाइको पहिलो पार्टी बनेको पोखरेलले जनाएका छन ।

आफूलाई राष्ट्रिय आवश्यकतालाई पुरा गर्न सक्ने निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमाले लागेको पोखरेलले बताए ।  ‘यसका लागि हामीले हाम्रो सामर्थ्यलाई बढाउन सक्नु पर्दछ’, पोखरेलले भने ।

लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनु पर्ने उनको धारणा छ । त्यसको लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभयो । ‘आज जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासन तर्फ जाने कुरामा ध्यान जानु पर्ने छ’, उनले भने ।

अहिले सबै क्षेत्रमा सामाजिक अराजकता बढेको बताउँदै उनले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताए । अराजकतावादले मुलुकको देश भक्तिपूर्ण भावलाई न खाइदिने पोखरेलको भनाइ छ । ‘यो कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदै दिँदैन, यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्दछ’, पोखरेलले भने ।

कांग्रेस एमाले सरकारका लागि मात्र नमिलेका उनको स्पष्टोक्ति छ ।  प्रमुख दलहरू एक्ला एक्लै चुनाव लडेर एउटा दलले बहुमतको सरकार बनाउने र अर्को प्रमुख दल प्रतिपक्षमा रहने खालका वातावरण बनाउन अहिलेको सरकार बनेको पोखरेलले स्पष्ट पारे ।

संविधान संशोधनको विषय सम्पूर्ण रूपमा खुल्ला गर्न नखोजिएको उनले बताए । आन्तरिक छलफलबाट संशोधन गर्नुपर्ने विषयमा मात्र छलफल हुने र सोही अनुसार संविधान संशोधन हुने पोखरेलले स्पष्ट पारेका छन ।  ‘आवश्यक परेको उचित समयमा हामी निष्कर्ष निकाल्छौँ, यस कुरामा हामी सचेत छौँ’, पोखरेलले भने ।

समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएको उनको भनाइ छ । यो विषय राष्ट्रको विषय भएकोसमेत महासचिव पोखरेलले बताए ।

देशका ठुला राजनीतिक दल मिलेर अहिलेको सरकार बनेकोले दुई दलले चाहँदासम्म कसैले चाहेर यो सरकार नढल्ने पोखरेलको दाबी छ । यो कुरा बुझेर नडराई काम गर्न उनले कर्मचारीहरूसँग आग्रह गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x