१२ भाद्र २०८३, शुक्रबार

विद्यार्थीलाई प्रवेशपत्र नदिएर परीक्षा दिनबाट वञ्चित, विद्यार्थीहरु भने न्याय दिलाउन प्रशासन संग गुहार

एसीपी संवाददाता

१ भाद्र २०८२, आईतवार ११:४० मा प्रकाशित

नेपालगञ्ज, बाँके ।
नेपालगञ्जस्थित College of Allied मा केही विद्यार्थीलाई वार्षिक परीक्षामा बस्न नदिएको भन्दै विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी समक्ष लिखित ज्ञापनपत्र बुझाएका छन्।

विद्यार्थीहरूले आरोप लगाएका छन् कि कलेज प्रशासनले समयमा शुल्क बुझाउन नसकेको कारण देखाउँदै प्रवेशपत्र नदिई उनीहरूलाई परीक्षाबाट वञ्चित गराएको छ। यसरी परीक्षा छुट्दा विद्यार्थीहरूको शैक्षिक भविष्य नै संकटमा पर्ने भएकाले कलेज प्रशासनको निर्णयप्रति विद्यार्थीहरूले कडा आपत्ति जनाएका छन्।

ज्ञापनपत्रमा विद्यार्थीहरूले प्रश्न उठाएका छन् –

“जसको परीक्षा छुट्यो, त्यसको जिम्मेवारी कोले लिने?”

“के कलेजमा शिक्षाभन्दा ठूलो पैसा मात्र भएको हो?”

“विद्यार्थीलाई परिवार भन्ने तर समस्या पर्दा वेवास्ता गर्ने कस्तो शिक्षा प्रणाली हो?”

विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत पाँच बुँदे मागसमेत गरेका छन्:

1. परीक्षाबाट वञ्चित गरिएका विद्यार्थीलाई तत्काल प्रवेशपत्र उपलब्ध गराई परीक्षा दिन व्यवस्था गर्नुपर्ने।

2. भविष्यमा शुल्क नबुझाएको कारण विद्यार्थीलाई परीक्षा दिनबाट रोक्ने कार्य पूर्ण रूपमा बन्द गरिनुपर्ने।

3. आर्थिक समस्यामा परेका विद्यार्थीका लागि किस्ताबन्दी वा समयसीमा थपजस्ता वैकल्पिक शुल्क व्यवस्थापनको व्यवस्था गर्नुपर्ने।

4. विद्यार्थीलाई अपमानजनक व्यवहार गर्ने वा धम्की दिने गतिविधि तत्काल रोक्नुपर्ने।

5. यस्ता कार्य दोहोरिएमा कलेज प्रशासनका जिम्मेवार व्यक्तिमाथि कानूनी कारबाही हुनुपर्ने।

विद्यार्थीहरूले कलेजलाई शुल्क असुलीमै केन्द्रित भएको आरोप लगाउँदै, “विद्यार्थीको पीडा बुझ्ने कान छैन, समाधान गर्ने मन छैन” भन्दै आक्रोश व्यक्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बाँकेले यस विषयमा छानबिन गरी विद्यार्थीको न्याय सुनिश्चित गर्नुपर्ने विद्यार्थीहरूको माग रहेको छ।

2 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x