१२ मंसिर २०८३, शुक्रबार

विभिन्न पार्टीका परित्याग गरेर १५० जना स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

एसीपी संवाददाता

१६ चैत्र २०७७, सोमबार ००:४८ मा प्रकाशित

पाँचपोखरी । सिन्धुपाल्चोक जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर १५० जना स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले, राप्रपा र माओवादीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापाले नवप्रवेशीहरूलाई कांग्रेसमा प्रवेश गराएका छन् । थापाले नवप्रवेशीहरूलाई इमान्दारिताका साथ कांग्रेसको संगठन निर्माण गर्न निर्देशन समेत दिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशका प्रदेश सांसद नीमा लामा, ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङलगायतका नेताहरूको उपस्थिति रहेको थियो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x