विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोण गरेर इतिहास रचेका १० जना नेपाली
१० जना नेपालीको पर्वतारोही टीमले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोण गरेर इतिहास रचेका छन् ।
पाकिस्तानमा रहेको विश्वको दोश्रो ८ हजार ६११ मिटर अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका छन् । उनीहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए । अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चिप्लिएर लड्दा मृत्यु भएको थियो । यो हिमाल अहिलेसम्म कसैले पनि आरोहण गर्न भने सकेका थिएनन् । लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने कोसिस गरेका थिए तर उनी असफल भए र उनको मृत्यु समेत भयो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको थियो, जसमा ६० जना रहेका थिए । तर, अन्तिममा १० जनाको मात्र सफल आरोहण भयो । । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएको छ । नेपाली शेर्पाहरु यस्ता खतरनाक हिमाल आरोहणमा संसारमै प्रसिद्ध छन् । संसारको उच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान शेर्पा जातिमै रहेझै दोस्रो हिमाल आरोहणको कीर्तिमान पनि शेर्पा र नेपाली कै नाममा रहन पुगेको छ । निर्मल पुर्जाले नेपाली टीमले विश्वको दोस्रो शिखर केटुमा पहिलो पाइला राखेको सफलता सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
पहिलो पटक सन् १९८७ देखि १९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहण गर्ने कोसिस गरे पनि अहिलेसम्म कोही पनि ७ हजार ६ सय ५० मिटरभन्दा माथि जान सकेका थिएनन् ।


