३२ असार २०८३, बिहीबार

विश्व बाताबरण दिवस बाढी कृतिम घटना अभ्यास र बृक्षा रोपन गरि मनाइयो

एसीपी संवाददाता

२४ जेष्ठ २०८२, शुक्रबार १७:१३ मा प्रकाशित

बर्दिया, जेठ २३ – विश्व वातावरण दिवस (जुन ५) को अवसरमा बर्दियाको राजापुरमा बाढी कृत्रिम घटना अभ्यास गर्नुका साथै बृक्षा रोपन गरियको छ ।
राजापुर नगरपालिकाको आयोजना ,प्लान इन्टरनेसनल नेपाल ,प्राक्टिकल एक्शन , एक्शन यड, बि ग्रुप , बाँके युनेस्को क्लब कमैया महिला जागरण संघ ,थारु महिला उत्त्थान संघको सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभावलाइ कम गर्न राजापुर नगरपालिकाको खेल मैदान (रंगशाला ) मा बृक्षा रोपन र राजापुर नगरपालिकाको संघर्शनागरमा बाढी बाट बच्न कृत्रिम घटना अभ्यास गरिएको थियो ।
बाढी पूर्व र बाढी पश्चात मानबिय तथा भौतिक क्षतिलाई कसरि कम गर्ने र बाढी लगायत अन्य विपद लाइ सामुहिक रुपमा कसरि सामना गर्ने भन्ने बिषयमा कृत्रिम घटना अभ्यास गरियको थियो
कार्यक्रमको समापन सत्रमा बोल्दै राजापुर नगर पालिकाका प्रमुख दिपेश थारु ले राजापुर नगर पालिका बाढीको उच्च जोखिममा रहेकाले यसको सामना गर्न स्थानीय सरकार संग संपुर्ण स्थानीय बासीहरु सजक हुनुपर्ने साथै जलबायु परिबर्तन लाइ कम गर्नेको लागि एक घर २ बिरुवा रोप्ने अभियान थालनी गर्ने पताउनु भयो
कार्यक्रममा राजापुर नगरपालिकाका उप प्रमुख ,प्रमुख प्रसासकिय अधिकृत ,वडा अध्यक्षहरु,बिषयगत शाखा प्रमुख, विपद फोकल पर्सन ,समुदायमा आधारित विपद ब्यबस्थापन समिति,समुदायका अगुवा,संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो  । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x