१ श्रावण २०८३, शुक्रबार

वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड

एसीपी संवाददाता

२६ पुष २०८१, शुक्रबार १८:३९ मा प्रकाशित

विजयनगर, कपिलवस्तु, पुस २६

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम
सम्पन्न भएको छ।

कार्यक्रममा स्वागत मनतव्य राख्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी चौधरीले सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने र पालिकाबाट सरसफाई सम्बन्धी कार्यक्रम वृहत रूपमा निरन्तरता दिने बताउनुभयो।

कार्यक्रममा बोल्दै कालिका स्वालंबनकी कमला शुक्लाले पोषण र पोसिलो कार्यक्रम संचालन गर्दै गर्दा हामीले सरसफाई सम्बन्धी कार्यक्रममा हातेमालो गर्दै आएको बताउनुभयो।

कार्यक्रममा बोल्दै सरसफाई तथा खानेपानी शाखाकाअर्जुन बेल्वासेले विजयनगर गाँउपालिकाको कुल घरधुरीको संख्या ६८१०, शौचालय भएको ५०७४, शौचालय न भएको १७३६ घरधुरी रहेको अवस्थाको उपस्थित माझ जानकारी गराए।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले सरसफाई सम्बन्धी चनचेतना अझै जगाउनुपर्ने आवश्यकता रहेको बताउदै आफूले गरेको फोहोर आफैले सफा गर्ने बानीको विकास हुनुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा बोल्दै विजयनगर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम अर्यालले सरसफाई अभियान निरन्तर चल्ने बताउदै प्रधानाध्यापक र शिक्षक तथा सम्पूर्ण सरोकार वालाले आ आफ्नो क्षेत्रमा आफै निरिक्षण गरेर सरसफाई तथा शौचालय बनाउन र प्रयोग गराउन पहल गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष थापाले सरसफाई भनेको वृहत कार्यक्रम रहेको बताउदै पालिकाले विशेष अनुदान बाट लगभग छ करोड खर्च भै सकेको, सहभागी बाट उठेका सुझाव लाई आत्मसात गरिने, सेसन करूणा तथा कालिका संस्थाले पनि पालिकासंग समन्वय गरेर सरसफाई क्षेत्रमा राम्रो योगदान दिएको, शौचालय बनाउन तथा प्रयोग गर्न सबैले आत्मसात गरि तिब्रताका साथ लाग्नुपर्ने बताए।

कार्यक्रममा वडाध्यक्ष प्रेम बहादुर कलवार, अनवार अहमद, शिक्षक, स्थानीय, स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, स्थानीय लगायत विभिन्न संघ संस्थामा आबद्ध व्यक्ति हरूको सहभागिता रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x