व्यवसायीमाझ लोकप्रिय बन्दै प्रदिप आचार्य , उद्योग वाणिज्य संघको उप महासचिवमा उम्मेदवारी
नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ ६ गते हुन लागेको निर्वाचनमा उप महासचिव पदका उम्मेदवार प्रदिप आचार्य व्यवसायीमाझ चर्चामा आएका छन्। आचार्य व्यवसायीका समस्या, हकहित र व्यावसायिक वातावरण सुधारका विषयलाई प्राथमिकतामा राख्दै निर्वाचनमा होमिएका हुन्।
नेपालगन्ज निवासी आचार्य व्यवसायीका समस्या नजिकबाट बुझ्ने र उनीहरूको आवाज संघमार्फत प्रभावकारी रूपमा उठाउन सक्ने उम्मेदवारका रूपमा धेरै व्यवसायीले लिएका छन् । त्यहीँ कारण उनलाई व्यवसायीले रुचाएको दाबी गरिएको छ
व्यवसायीको सुझाव र गुनासोलाई सम्मान गर्दै संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री बनाउन आफ्नो भूमिका रहने आचार्य ले बताएका छन्।नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि सार्वजनिक गरिएको उम्मेदवार सूचीमा आचार्य स्वतन्त्र रुपमा चुनावी मैदानमा रहेका छन् ।
उप महासचिव पदका उम्मेदवारका उनी सबैको प्रियप रहेको बताइन्छ “व्यवसायीको हकहित, सम्मान र साझा आवाजका लागि प्रदिप आचार्य ” भन्ने नारासहित आचार्यले आफ्नो पक्षमा समर्थन जुटाइरहेका छन्।
संघको निर्वाचनमा व्यवसायीको मत कसको पक्षमा जान्छ भन्ने विषयले अहिले नेपालगन्जको व्यवसायिक क्षेत्रमा चासो बढाएको छ। आचार्य अहिले सबै व्यवसायीले अत्यधिक रुचाएका उम्मेदवार रहेका छन् ।


