२ श्रावण २०८३, शनिबार
शनिबार ३८ जना कोरोना सन्क्रामित डिस्चार्ज
बाँकेमा आज ३८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २० पुरुष र १८ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ८ सय २४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९०.८० प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ५६ जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय १० जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३० जनाको मृत्युु भएको छ ।
Subscribe
Login
0 Comments



