शुक्रबार राती ८ बजे चेन्नइ र दिल्ली आमनेसामने

इण्डियन प्रिमियर लिग (आईपीएलमा) आज चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन्। जारी सिजनमा चेन्नइको यो तेस्रो खेल हो भने दिल्लीको दोस्रो खेल हो। यसअघिका खेलमा चेन्नइले पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई हराएको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो।
यी दुई टीमको संरचनाका हिसाबले हेर्ने हो भने दिल्लीलाई युवा खेलाडीहरुको टिम र चेन्नइलाई अनुभवी खेलाडीको टीमका रुपमा हेर्न सकिन्छ । उता दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पञ्जाबमाथि संघर्षपूर्ण जित निकालेको थियो।
यी दुई टिमबीचका पछिल्ला खेलहरुमा चेन्नइ बलियो देखिन्छ। चेन्नइ र दिल्ली बीचका पछिल्ला ५ खेलहरुमा ४ खेल चेन्नइले र १ खेल दिल्लीले जितेको छ । दिल्लीका इसान्त शर्मा र रविचन्द्र आश्विन चोटका कारण खेलमा सहभागी नहुने सम्भावना रहँदा दिल्लीको बलिङमा परिवर्तनको सम्भावना देखिन्छ।



