११ मंसिर २०८३, बिहीबार

संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन-पुन

एसीपी संवाददाता

२२ पुष २०७७, बुधबार ०५:१८ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुन अनन्तले संसद विघटन गर्ने प्रधानमन्त्रीको कुनै अधिकार नभएको दाबी गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा संघीयता मन नपरेको कारणले यसलाई असफल बनाउनका लागि संसद विघटन गरिएको भन्दै त्यसको अधिकार प्रधानमन्त्रीलाई नभएको बताउनुभएको हो ।  प्रधानमन्त्रीले विशेष अधिकार र काम गर्न नदिएको विषय उठाएको भन्दै उहाले पार्टीको विवादले लोकतन्त्रलाई असर पार्न नपाईने तर्क गर्नुभयो । पुनले संसद विघटन असंवैधानिक रहेको कुरा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीलाई जानकारी गराएपनि आफूखुसी मन्त्रिपरिषद्को बैठक राखेर संसद विघटन गरेको बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले अहिले मात्रै नभएर यसअघि पनि पटक–पटक पार्टी फुटाउने प्रयास गरेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x