१ श्रावण २०८३, शुक्रबार
सत्यकथामा आधारित “आफ्नो त बरीलै” म्युजिक भिडियो निर्माण

पहिरोमा परेर ज्यान गुमाएकी एक चेलीको सत्यकथामा आधारित “आफ्नो त बरीलै” नामक म्युजिक भिडियो निर्माण गरिएको छ ।
सिन्धुपाल्चोकको पहिरोको कारण धेरै परिवारले क्षति बेहोर्नु पर्यो । त्यही पहिरोमा परेर ज्यान गुमाएकी एक चेलीको सत्यकथामा आधारित “आफ्नो त बरीलै” नामक म्युजिक भिडियो निर्माण गरिएको छ ।
साईराम पिक्चरले निर्माण गरेको म्युजिक भिडियोमा दमदार बनेको निर्माण पक्षको दाबी छ । धेरै लामो समयपछि शान्ति श्री परियारले यस्तो सत्य घट्नामा आधारित गित गाएकी हुन ।
बोल मायापछि दु:खको गीतमा अन्जली अधिकारीले मेहनत गरि अभिनय गरेकी छिन ।अधिकारीलाइ चर्चित मोडेल सनम कठायतले साथ दीएका छ्न ।
चलचित्र निर्देशक राजबहादुर सानेको शब्द सङ्गीत र परिकल्पना रहेको गीतको छायांकन मदन कास्यप घिमिरेले गरेको हुन ।
यहि आउदो असोज २२ गते साईराम पिक्चर च्यानल मार्फत विश्वब्यापी रिलिज गरिने निर्माण पक्षले जनाएको छ । दर्शकको मन जित्न सफल हुनेछ भन्ने जिकिर निर्माण टीमको छ ।मुक्तिपथबाट
Subscribe
Login
0 Comments



