३२ असार २०८३, बिहीबार

सन्दर्भ जामा मश्जिद नेपालगन्ज , बाँके

एसीपी संवाददाता

८ माघ २०८१, मंगलवार १२:११ मा प्रकाशित

शायदा बानो शाह , नेपालगन्ज

( उच्च अदालतको मेलमिलापकर्ता, अधिकारकर्मी, लेखक एंव पत्रकार ) 

मेरो जिज्ञासा यो छ कि दारुल उलूम फैजुन्नबी जामा मश्जिद एंव ईदगाह संचालक समिति गठन गराउन जिल्ला प्रशासनले तोकेको निर्वाचन समितिका संयोजक नै निर्वाचन नगराई आफु कोषाध्यक्ष पदमा बस्नु कुन विधानमा लेखिएको छ यसो जानकारी पाऊं ?

नेपालगंज जामा मश्जिदको निर्वाचन गराउन आखिर को डराई रहेछ र किन ?

निर्वाचन गराउनै नसक्ने निर्वाचन समिति गठन किन गरियो ?

निर्वाचन गराउने भनी हजारौं सर्वसाधारण मुसलमानलाई मुर्ख बनाई यतिका रसीद काटेर किन निर्वाचन गराईएन् ?

यदि विधानमै निर्वाचन प्रकृयामा जाने कुरा उल्लेख थिएन् भने निर्वाचन गराउने भनी रसीद किन काटियो ?

विधानमै नरहेको प्रकृया बारे छल गरी निर्वाचन समिति किन गठन गरियो ?

विधानमा नै नरहेको निर्वाचन प्रकृयाबाट समिति चयन गर्न प्रशासनले अनुमति किन कसरी र कुन आधारमा दिएको ?

नोटः मलाई शरीयत र कानून पढाउने बेकार कोशिश नगर्नुहोला । म शरीयत पनि बुझेकीछु र कानून पनि तसर्थ सरोकारवालाहरुले सोधिएको प्रश्नको जवाब मात्र दिए हुन्छ ।

होईन् भने कुरो को चुरो यति मात्र हो कि मनोमानी ढंगले गठन गरिएको दारुल उलूम फैजुन्नबी जामा मश्जिद एंव ईदगाह संचालक समिति नेपालगंजको अधिंकाश मुस्लिम समुदायलाई स्वीकार्य छैन् । तसर्थ गठित समिति यथास्रीघ खारेज गरी पूर्ण लोकतान्त्रिक र निष्पक्ष प्रकृयाबाट निर्वाचन गराई नंया समिति चयन गरियोस् । अन्यथा मनोमानी ढंगले पद बांडफांड गरी गठन गरिएको समितिलाई समाजले कडा रुपले बहिष्कार गर्नेछ ।

नोटः म फेरि भन्दैछु कसैले मलाई शरीयत र कानून नसिकाउनू मैले बुझेकीछु शरीयत र कानून दुबै ।

3.7 3 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x