१३ आश्विन २०८३, मंगलवार

सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लाग्ने नीति सच्याउन माग

एसीपी संवाददाता

६ श्रावण २०८०, शनिबार १७:३५ मा प्रकाशित

नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कँडेल सहितको टोलीले सरकारले १ साउनदेखि लागू गरेको उक्त नीति सच्याउन अर्थमन्त्री डा.प्रकाशशरण महतलाई आग्रह गरेको हो ।

१ साउनदेखि भारतीय बजारमा दैनिक उपभोग्य सामग्री र लत्ता कपडा खरिद गर्ने नेपालीले एक सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने नियम सरकराले लगाएको छ ।

यस्तो भन्सार नीति देशका अन्तर्राष्ट्रिय सीमा तथा एयरपोर्टमा लागू नगरिएको तर भारतीय सीमा जोडिएका मधेश क्षेत्रमा मात्र लागू गरिएको भन्दै ज्ञापन पत्रमा यसले सीमावर्ती क्षेत्रका जनताको जीवनयापनमा कठिनाइ भएको उल्लेख गरिएको छ।

‘…सीमावर्ती नेपालीको दैनिक आधारभूत प्रयोजनका नुन, तेल, मलखादजन्य वस्तुहरुमा यो नीति पूर्ण अव्यवहारिक र विभेदकारी भएकाले अविलम्व परिवर्तन गरी सहज गर्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

अर्थमन्त्री डा. महतले सरकार सदैव जनताको सहज जीवनयापन र जनहितको पक्षमा रहेकोले अव्यवहारिक भएमा नीति पुनरावलोकन हुने प्रतिबद्धता जनाएको नेता कँडेलले बताए ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x