१६ भाद्र २०८३, मंगलवार

सरकारको कर नीतिविरुद्ध रिले अनशनको दोस्रो दिन पनि नेपालगन्जमा आफ्नो आन्दोलनलाई निरन्तरता

एसीपी संवाददाता

१९ असार २०८२, बिहीबार २१:१८ मा प्रकाशित

नेपालगञ्ज – सुनचाँदी व्यवसायी संघ बाँकेले सरकारको कर नीतिविरुद्ध रिले अनशनको दोस्रो दिन पनि नेपालगन्जमा आफ्नो आन्दोलनलाई निरन्तरता दिएको छ।

 

सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर तथा हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै संघले यो आन्दोलन थालेको हो।

 

लुम्बिनी प्रदेश सदस्य तथा सुनचाँदी व्यवसायी संघ बाँकेका सह-कोषाध्यक्ष हाशिम अन्सारीले सरकारसँग सुनको भन्सार दर ६ प्रतिशतमा कायम गर्न र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति नियमावली निर्माण गर्न माग गरेका छन्। “कर र भ्याट खारेज नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ,” उनले भने।

 

यस आन्दोलनमा नेपाल हस्तकला संघ, कालीगढ संघ, र नेपाल सुनचाँदी तथा गरगहना व्यवसायी संघको संयुक्त सहभागिता रहेको छ। बिहीबार पनि व्यवसायीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। यो आन्दोलनले सुनचाँदी व्यवसायमा सरकारको नीतिले पारेको असर र उपभोक्तामाथिको आर्थिक भारलाई उजागर गरेको छ।

 

संघले सरकारसँग व्यवसायमैत्री नीति निर्माण गर्न र सुनचाँदीको कारोबारलाई सहज बनाउन तत्काल कदम चाल्नुपर्ने संघका अध्यक्ष सलाउद्दीन जसगढले माग राखेको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x