सरकारको गतिबिधि बिरुद्ध सडक संघर्षमा कांग्रेस

नेपाली कांग्रेसले सरकारको गतिबिधि बिरुद्ध सडक संघर्षमा उत्रने तयारी गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस संगठन बिभागको बैठकमा सरकार भ्रष्टाचारमा डुवेको, सरकार लापरवाहीमा अघि बढेको भन्दै सडकमा सम्पूर्ण कार्यकर्ता र भातृसंगठनलाई उतार्ने बिषयमा छलफल भएको बिभाग प्रमुख गोपालमान श्रेष्ठले बताउनुभयो ।
उहाले छिटै संसदको अधिवेशन आह्वान गर्न सरकारलाई दवाव दिने र जनताका कुराहरु संसदमार्फत नै कांग्रेस सांसदहरुले राख्ने समेत बताउनुभयो । त्यस्तै संगठनलाई चूस्तदुरुस्त गर्दै लैजाने र सम्पूर्ण ध्यान महाधिवेशनमा दिइने उहाले बताउनुभयो ।
श्रेष्ठले पार्टीको विवादलाई छिटै समाधान गर्नुपर्ने भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति बिरुद्ध लिखित प्रस्ताव पार्टीमा दर्ता गर्नु दुर्भाग्य भएको उल्लेख गर्नुभयो । संगठन बिभागको बैठक आइतबार पनि बोलाइएको छ ।



