९ मंसिर २०८३, मंगलवार
सरकारको पक्षमा फैसला गरेपछि १३ अर्ब रुपैयाँभन्दा बढी कर
काठमाडौं । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले एफपीओको प्रिमियम रकम र मर्जरबाट भएको आम्दानीमा कर तिर्नैपर्ने भनेर सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गरेपछि १३ अर्ब रुपैयाँभन्दा बढी कर उठेको छ ।
१६ वाणिज्य बैंकले एफपीओको प्रिमियम रकम र मर्जरको आम्दानीमा कर लगाउन नहुने भन्दै दायर गरेको मुद्दाको बिहीबार सुनुवाइ गरी मुद्दा खारेज गरिदिए पछि बैंक तथा बिमा कम्पनीले हालसम्ममा १३ अर्ब रुपैयाँ कर तिरेका हुन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्ष ०८०/८१ को आर्थिक विधेयकमा एफपिओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गरेका थिए ।
Subscribe
Login
0 Comments


