२ श्रावण २०८३, शनिबार

सरकारको राष्ट्रघात र जनघातविरुद्ध देशव्यापी प्रदर्शन

एसीपी संवाददाता

७ मंसिर २०७७, आईतवार १७:१७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न २२ राजनीतिक संगठनहरुले सरकारको राष्ट्रघात र जनघातविरुद्ध देशव्यापी प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डला, पोखराको पृथ्वीचोक, रुपन्देहीको बुटवल, दाङको तुलसीपुर, सुर्खेतको मंगलगढी चोक, कैलालीको धनगढी, उदयपुरको गाईघाटलगायतका स्थानमा एकैपटक प्रदर्शन गरिएको छ । माइतिघरको प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापालगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
गत कात्तिक २८ मा बसेको २१ राजनीतिक संगठनको बैठकले मंसिर ८ देखि प्रदर्शन गर्ने निर्णय गरेको थियो । गत असोज तेस्रो साता वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, सीपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, रविन्द्र श्रेष्ठ नेतृत्वको नेकपा (बोल्शेविक), सिपि गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, लोककृष्ण भट्टराई नेतृत्वको पुष्पलाल अध्ययन समाजलगायतका राजनीतिक संगठनले कार्यगत एकताको घोषणा गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
कार्यगत एकता घोषणा गरेका २२ राजनीतिक संगठनहरुले एमसीसी सम्झौताको खारेजी, सीमा अतिक्रमण, कोभिड–१९ को उपचार निःशुल्क, बेरोजगार र विपन्नलाई न्यूनत सुविधालगायतका नारामा प्रदर्शन गर्दै आएका छन् । जनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x