सरकारले बाचा पूरा नगर्दा किसान् आन्दोलित माइतीघर मण्डलामा प्रदर्सन थाल्ने घोषणा
सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको वाचा पूरा नगरेको भन्दै माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा किसानले गरेका छन् ।
माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताएका छन् ।
‘मंसिर २७ गते बेलुका सर्लाहीबाट हामी ५०० जना किसान काठमाडौंका लागि हिँड्दैछौं, मंसिर २८ गते माइतीघर घेराउ गर्छौं,’ संरक्षक मिश्रले भने ।
सरकारले किसानसँग गरेको पटक–पटकको वाचा अनुसार मंसिर २६ गतेसम्म किसानले बक्यौता प्राप्त गर्नुपर्ने भए पनि १ वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले गुनासो गरे ।
‘तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थियौं, उहाँले पैसा दिलाइदिने भनेर ठूलो–ठूलो कुरा गर्नुभयो, तर पैसा आएन,’ मिश्रले भने । नेपालपाना


