१ श्रावण २०८३, शुक्रबार

सरकार द्धारा बाँकेका दुईजना स्वास्थ्यकर्मीलाई पदक

एसीपी संवाददाता

३ आश्विन २०७७, शनिबार ०३:१८ मा प्रकाशित

संबिधान दिवसका अवसरमा सरकारले बाँकेका दुईजना स्वास्थ्यकर्मीलाई पदक दिएको छ । भेरी अस्पताल नेपालगन्जका मेसु डा प्रकाश थापा र स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई प्रवल जनसेवा श्री पदकबाट विभूषित गरिएकोे हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेहरुको नाम घोषणा गर्दा बाँकेका डा.थापा र स्वास्थ्यका श्रेष्ठ पनि पर्नुभएको हो ।

बाँकेमा कोरोना महामारी रोकथाम, नियन्त्रण र निदानमा डा.थापा र जनस्वास्थ्य अधिकृत श्रेष्ठले प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँहरुकै कमाण्डमा अहिले जिल्लामा भाइरस नियन्त्रणका लागि कामहरु भइरहेका छन् । उहाँहरु अहरोत्रा खटिएर काम गर्दै आउनुभएको छ ।

अरु स्वास्थ्यकर्मीमा

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेसु डा सर्वेश शर्मा, प्रतिष्ठानका लेक्चरर (प्याथोलोजी) डा. गोपाल लामा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपप्राध्यापक डा.मंगल रावल र धिरज गुरुङ, सेती प्रादेशीक अस्पताल धनगढीका कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा.जगदीश जोशी, कर्णाली प्रदेशका बरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्ले, जिल्ला अस्पताल बाजुराका मेडिकल अधिकृत डा.रुपचन्द्र विश्वकर्मा, स्वास्थ्य कार्यालय धनगढीका जनस्वास्थ्य अधिकृत लालबहादुर धामी र स्वास्थ्य कार्यालय दैलेखका खोप सुपरभाइजर खिलप्रसाद रेग्मीपनि उक्त पदकबाट विभूषित हुनुभएको छ ।

डा सन्दुक रुइतलाई सबैभन्दा ठूलो मानपदवी

यस्तै यसबर्षको सबैभन्दा ठूलो मानपदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई प्रदान गरिने भएको छ ।विभूषित व्यक्तिहरुलाई राष्ट्रपति भण्डारीले नयाँ बर्ष २०७८ बैशाख १ गते तक्मा प्रदान गर्नु हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x