२ श्रावण २०८३, शनिबार

सरकार बिरुद्ध बालाजुमा विरोध प्रदर्शन

एसीपी संवाददाता

२७ कार्तिक २०७७, बिहीबार १०:५३ मा प्रकाशित

सरकारले गैरकानुनी रुपमा आफ्नो आवास क्षेत्रमा डोजर लगाएको विरोधमा बालाजु बाइपासमा उपत्यका सडक बिस्तार संघर्ष समितिले विरोध प्रर्दशन गरेका छन् ।

सो क्षेत्रको सडक भत्काउने कार्य तत्कालका लागि नगर्नु भन्ने सर्वोच्चको आदेश बिपरित आफुहरुको भौतिक सम्पतीमा डोजर लगाइएको भन्दै स्थानीय लगाएत उपत्यका सडक बिस्तार संघर्ष समितिले सो क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

छलफलबाट टुँगो नलागेसम्म निवदेकहरुको अनधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुुनै पनि कार्य नगर्नु नगराउनु आदेश सर्वोच्चले दिएपनि सो आदेश कार्यान्वयन नभएको स्थानीयहरुको गुनासो छ । बाटोको दुवै क्षेत्रमा नेवारहरुको पुरानो वस्ती रहे पनि सर्वोच्चको आदेश बिपरित बस्ती भत्काएर सडक विस्तार गरिएको स्थानीय रवीन्द्र कुमार श्रेष्ठले गुनासो गर्नुभयो । उहाले माथिको आदेश भन्दै एकतर्फी रुपमा स्थानीयलाई दमन गरेको बताउनुभयो ।

उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले बालाजु बाइपासदेखि महेन्द्रपार्क क्षेत्रमा २६५ मिटर दुरी सडक विस्तार गर्न लागिएको जनाएको छ । स्थानीयको विरोधका बाबजुत पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेर सडक बिस्तारको काम भने भइरहेको छ । यता सो क्षेत्रका वडा सचिव कुसुम महर्जनले भने पहिलेनै मुआव्जा बितरण भइकाले सडक बिस्तारको काम भइरहेको जानकारी दिनुभयो ।

यसअघि स्थानीयहरुले शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै बालाजु चौकीमा समेत धर्ना दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x