सरसफाई स्वच्छता, लैङ्गिक समानता,विपद जोखिम ब्यबस्थापन , जलबायु परिवर्तन अनुकुलन बारे अभिमुखीकरण
बाँके युनेस्को क्लब र मधुबन नगरपालिकाको सयुक्त आयोजना र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा खानेपानी सरसफाई र स्वच्छता, लैङ्गिक समानता,विपद जोखिम ब्यबस्थापन र जलबायु परिवर्तन अनुकुलन बारे अभिमुखीकरण मधुबनमा सम्पन्न भयको छ ।
सुरक्षा परियोजन अन्तर्गत संचालित अभिमुखीकरनमा WASH committee member,smc /PTA र बाल क्लबका प्रतिनिधि गरि जम्मा ४५ जनाको सहभागिता रहेको थियो ।
विद्यालयका नीतिहरू, पूर्वाधार र अभ्यासहरूमा लैङ्गिक समानताको बुझाइ विकास गर्नु ,विद्यालयको निर्णय प्रक्रियामा तथा गतिविधिहरूमा बालिका, सीमान्तकृत लिङ्ग पहिचान भएका व्यक्ति र वञ्चित समूहहरूको सक्रिय सहभागिता प्रोत्साहन गर्नु लिङ्गका आधारमा हुने विभेद घटाउने र सबै विद्यार्थीहरूका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने उदेस्यले संचालित कार्यक्रममा मधुबन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले विद्यालयसँग सम्बन्धित सम्भावित विपद् (जस्तै: भूकम्प, बाढी आदि) , विद्यालय सुरक्षा योजना र आकस्मिक अवस्था तयारी सम्बन्धी आधारभूत जानकारी , विद्यालय सुधार योजनामा जोखिम न्यूनीकरणका उपायहरू समावेश गर्ने , जलवायु परिवर्तनको प्रभाव, पानी संरक्षण, फोहोर व्यवस्थापन र हरित विद्यालय प्रवर्द्धन जस्ता वातावरणमैत्री अभ्यासहरूलाई प्रवर्द्धन, जलवायु शिक्षालाई पठनपाठन र विद्यालय गतिविधिमा समावेश गर्न प्रोत्साहित गर्नु समावेशी, सुरक्षित र दिगो विद्यालय वातावरण प्रवर्द्धनमा विद्यालय व्यवस्थापन समिति (SMC), अभिभावक-शिक्षक संघ (PTA), र सरसफाइ समिति (WASH) को भूमिकाहरू बारे सहजीकरण गर्नु भयको थियो ।
कार्यक्रमको लक्ष्य ,उदेस्य तथा परियोजना बारेमा परियोजना संयोजक इश्वर बिकले प्रस्ट पर्नु भयको थियो भने ,कार्यक्रमको संचालन फिल्ड सुपरभाइजर सावित्रा भाटले गर्नु भयको थियो ।



