१३ आश्विन २०८३, मंगलवार

सर्वोच्चबाट लोप्पा खाएका प्रचण्डलाई सूर्य थापाले दिए दनक, प्रचण्ड समुहमा खैलाबैला

एसीपी संवाददाता

२० चैत्र २०७७, शुक्रबार १०:५२ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले पुनरावलोकन निवेदन अस्वीकार गरेर लोप्पा खुवाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कडा कटाक्ष गरेका छन् ।

प्रचण्डको रुँदै गरेको तस्विर शेयर गर्दै सम्हालिन र राजनीति गर्न सुझाएका छन् ।

थापाले भनेका छन्, सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ । निवेदक महोदयप्रति सहानुभूतिचाहिं छ- सम्हालिनुहोस र राजनीति गर्नुहोस ! राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ ! आफैले भाँड्न चाहेको एकता कति प्याराे ? । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x