सशस्त्र प्रहरी द्धारा असुलेको अवैध रकम फिर्ता

नेपालगन्जको जमुनाह नाकामा खटिने सशस्त्र प्रहरीले भारतीय नागरिकसँग रकम असुल्दै भित्र्याउने गरेको रहस्य खुलेको छ । रकम असुल्दै चोरबाटोबाट भारतीयहरुलाई भित्र्याउने क्रममा मंगलवार असुल गरिएको रकम सशस्त्र प्रहरीले फिर्ता गरेको छ । रोजगारीको शिलशिलामा चारजना भारतीय नेपाल प्रवेश गर्न खोजीरहेका थिए ।

अत्यावश्यक कामबाहेक भारतबाट आउने र नेपालबाट जानेलाई प्रतिबन्ध छ । त्यसैले नेपाल प्रहरीले उनीहरुलाई भारततर्फ पठायो । तर उनीहरु सशस्त्र प्रहरीको सेटिङमा नेपाल भित्रिए । त्यसका लागि उनीहरुबाट सशस्त्रले १ हजार ३ सय ५० रुपैयाँ असुलेका थिए । जमुनाह नाकाको पश्चिमतर्फबाट उनीहरु प्रवेश गरेका थिए । त्यहाँ सशस्त्र प्रहरीको डिउटी हुने गर्छ । ती भारतीय कसरी भित्रिए भनेर सोधीखोजी गर्दै जाँदा सशस्त्रलाई घुस दिएर प्रवेश गरेको खुल्यो स्रोतले भन्यो ।

ती नागरिकबाट असुल गरिएको रकम सशस्त्र प्रहरीले फिर्ता गरेको बताइएको छ । कोरोना भाइरसका कारण सीमानाका सील गरिएपछि दुवै देशका नागरिकहरु सहज तरिकाले आउजाउ गर्न पाएका छैनन् । यही मौकामा नाकामा खटिएका प्रहरीले भने रकम असुल्दै नागरिकहरु वारपार गराउने गरेको गुनासो आउने गरेको छ । सशस्त्र प्रहरीले लिएको रकम फिर्ता दिएपछि ती चार जना भारतीय नागरिकलाई सम्बन्धित व्यक्तिको जिम्मा लगाई नेपाल प्रवेश गराइएको स्रोतले जनाएको छ ।

अदालतको आदेशपछि जमुनाह नाका हुँदै तरकारी तथा फलफुलजन्य बस्तुको आयात शुरु
चारै जना भारतीय नागरिकको आधारकार्ड जमुनाह चौकीमा राखिएको छ । अहिले नाकाबाट दैनिक दुई तीनसय बढी मानिसहरु आउजाउ गर्ने गर्छन् । यो सीजनमा भारतबाट नेपाल आउनेको संख्या बढ्नु पर्ने हो तर अहिले नेपालबाट भारत जानेको संख्या बढेको छ । दशैंको समयमा घर आउने नेपाली बढ्नु पर्नेमा यो पाली भने घरपरिवार छाडेर भारत जानेको संख्या बढेको छ ।

रसुवागढीमा पहिरोले फेरी बाटो अवरुद्ध तातोपानी नाका बन्द पुस–माघमा किनेको सामान केरुङमै,थन्किए
कोरोनाका कारण रोजगारी गुमेपछि उनीहरु ६ महिना अगावै भारतबाट नेपाल आएका थिए । भारतमा महामारी बढेपछि ज्यान जोगाउन घर आएका उनीहरु नेपालमा रोजगारी नपाएपछि चाडपर्वकै मुखमा विदेशीन बाध्य भएका हुन् । भारतमा अझै पनि कोरोना भाइरसको जोखिम उच्च छ ।
विश्वको दोस्रो मुलुकमा भारत पर्छ । तर पनि नेपालीहरु जोखिम मोलेर रोग भन्दा पनि भोकको चिन्ताले भारत गइरहेका छन् । सभार अनलाइनखोजखबर



