९ मंसिर २०८३, मंगलवार

सशस्त्र समूहले गर्‍यो चीन–म्यान्मा सीमामाथि कब्जा

एसीपी संवाददाता

१० मंसिर २०८०, आईतवार १९:४४ मा प्रकाशित

अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक समूहको सशस्त्र गठबन्धनले सेनाविरुद्ध आक्रामक हमला गर्नुअघि चीनको सीमानजिक म्यान्माको उत्तरी शान राज्यमा झडपहरू भएका थिए ।

गठबन्धनले दर्जनौँ सैन्य स्थानका साथै चीनसँग व्यापारका लागि महत्त्वपूर्ण एक सहरमाथि कब्जा गरेका छन् । यसबाट नगदको अभावमा परेको जुन्ताका लागि व्यापारिक मार्ग बन्द भएको छ ।

समूहसँग सम्बद्ध एक स्थानीय मिडिया आउटलेटका अनुसार म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी ९ एमएनडिएए० ले आक्रामक हमला गरी किन सान क्यावत सीमा प्रवेशद्वारमाथि कब्जा गरेको छ । एमएनडिएए सशस्त्र गठबन्धनमध्येको एक समूह हो ।

“एमएनडिएएले आज बिहान किन सान क्यावत भनिने म्युज जिल्लाको मोङ्गको क्षेत्रमा एउटा अर्को सीमा प्रवेशद्वार कब्जा गरेको बताएको छ”, कोकाङ समाचारले आइतबार भनेको छ, “अराकान आर्मी (एए) र ता’आङ नेसनल लिबरेसन आर्मी ९टिएनएलए० सहितको गठबन्धनले शुक्रबार हमला शुरु गरेपछि सीमा व्यापार क्षेत्रमा अन्य सैन्य स्थानमा कब्जा गरेको थियो ।”

एक सुरक्षा स्रोतले एमएनडीएएले किन सान क्यावतमा सीमा व्यापार क्षेत्रमा आफ्नो झन्डा फहराएको एएफपीलाई बताएको छ । महामारीपछि सन् २०२२ मा पुनः प्रवेशद्वारा खोलिएको थियो र यो म्यान्मा–चीन सीमामा एउटा प्रमुख व्यापारिक विन्दु हो ।

साताको सुरुमा जुन्ताका प्रवक्ता ज मिन तुनले सरकारी मिडियालाई सीमापार नजिक रहेका करिब एक सय २० ट्रकमा सशस्त्र समूहहरूले आगो लगाएको आरोप लगाएका थिए ।

झडपहरूमा भएको वृद्धिले पहिलादेखि नै सङ्घर्षरत म्यान्माको अर्थतन्त्र र महत्त्वपूर्ण सीमापार व्यापारमा नोक्सान पुगेको छ भने सेनालाई अत्यन्त आवश्यक करहरू र विदेशी मुद्राबाट बन्चित गराएको छ ।

किन सान क्यावत सीमामार्फत कारोबार हुने सामानहरूमा मेसिनरी, विद्युतीय उपकरण, कृषि ट्र्याक्टर र उपभोक्ता वस्तुहरू रहेका छन् । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x