सांसदहरूले बैठककक्षमा गरे तोडफोड
प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ । तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका थिए ।



एक बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमतिको विन्दु नभेटिएपछि सुरु भएको बैठकमा कांग्रेसले पुन: अवरुद्ध गरेको थियो । तर, सभामुखले बैठक निरन्तरता दिएपछि कांग्रेसले तोडफोड गरेको हो ।
प्रदेशसभाको सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । मन्त्री केसी प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइकमा तोडफोड गरेका हुन् ।
‘संसदीय मर्यादा पालन गर्’ भन्ने नारा लगाउँदै सांसदहरूले बैठककक्षमा तोडफोड गरेका हुन् ।
नेकपाका विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुने भन्दै सरकारको प्रस्ताव सच्याउनु पर्ने माग गरे । राष्ट्रिय जनमोर्चाकी तारा जिसीले स्थायी राजधानीको विषमा रूपन्देहीमा देखिएको विरोध टेलर मात्र भएको र संघीयताको देशभरको फिल्म देख्न बाँकी रहेको बताइन् । साभार इकान्तिपुर



