२ श्रावण २०८३, शनिबार

सांसद रेशम चौधरी लगायतको मुद्धा खारेजीको माग गर्दै थरुहट थारुवानको कडा आन्दोलन तयारी

एसीपी संवाददाता

९ मंसिर २०७७, मंगलवार ०२:४९ मा प्रकाशित

थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धा खारेजीको माग गर्दै थरुहट मोर्चा आन्दोलनको तयारी तिब्र पारेको छ ।

आईतबार टीकापुरमा थारुकल्याकारीणि सभा कैलाली क्षेत्र नं. १ का सभापति लौटन चौधरीको नेतृत्वमा बसेको बैठकले यहि मंसिर २० गते हुने विरोध सभाको तयारीकालागि पाँच बुँदे निर्णय गरेको थरुहट मोर्चाका जिल्ला संयोजक माधव थारुले जानकारी दिए ।

उनका अनुसार विरोध सभाको लागि तयारी समिति समेत गठन भएको छ । समितिमा लौटन चौधरीको संयोजत्वमा १५ सदस्यीय कमिटी निर्माण भएको नेता थारुले बताए । साथै कैलालीमा राजनीतिक दलहसंग समन्वय गर्ने निर्मण पनि गरियो छ ।

यस्तै मास परिचालनको लागि टीकापुरमा लौटन चौधरी र एन्जल चौधरी, धनगढीमा गोठु चौधरी र माधव चौधरी, जानकी गाउँपालिकामा सर्मिला कुश्मी र दिनेश थारु भजनी नगरपालिकामा केवल चौधरी राजाराम चौधरी, जोशीपुरमा चुनीराम चौधरी राम प्रसाद चौधरी र सविता चौधरीले नेतृत्व गर्ने निर्णय भएको छ ।

यस्तै घोडाघोडी नगरपालिकामा सुशिला चौधरी कैलारी गाउँपालिकामा होरीलाल चौधरी र फोनिराम चौधरी, गौरीगंगा नगरपालिकामा कृष्ण कुमार चौधरी, बर्दगोरियामा राम प्रसाद चौधरी, लम्की चुहामा हरिराम चौधरी देशराज चौधरी गोदाबरीमा माधब चौधरी, मनिराम चौधरी र सुन्दर चौधरीलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरि ११ गते विरोध सभा तयारीकोलागि माधव चौधरीको संयोजत्वमन जिल्ला प्रसाशन कार्यलय संग समन्वय तथा छलफल गर्ने र पहिचानबदीहरुुंग १२ गते मसुरियामा छलफल गर्ने निर्णय भएको माधब थारुले बताए । केर्नीन्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x