१४ आश्विन २०८३, बुधबार
साईकल र्यालीको आयोजना
सातौं संस्करणको ‘राइड फर लाइफ’ साइकल ¥याली शनिबार काठमाडौंमा आयोजना गरिएको छ ।
क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माण अभियानमा टेवा पु¥याउने उद्देश्यले ‘क्यान्सरविरुद्ध चेतना छरौं वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं दूरी कायम गरेर’ नाराका साथ आयोजना गरिएको ¥याली आयोजना गरिएको हो ।
शनिबार बिहान तीनकुनेबाट सुरु भएको र्याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर समापन भएको थियो । ¥यालीमा पाँच वर्षदेखि ७९ वर्षसम्म उमेर समूहका व्यक्तिहरुकोसहभागिता रहेको थियो ।
अन्नपूर्ण मिडिया नेटवर्कले विगत सात वर्षदेखि क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल ¥याली आयोजना गर्दै आएको छ ।
Subscribe
Login
0 Comments


