संक्रमितको संख्या दिनदिनै घटिदै,बर्षको अन्त सम्म कोरोना वेक्सीन भेटिने

मो. अरशद शेष राई / साउदी अरेबिया – बिगत लामो समय देखि बिश्वजगतमा कोरोना महामारीको कारणले अधिकांश देशहरुमा कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्दै गएका छन तर साउदी अरेबियाले कोरोना भाइरसलाई रोक्न तथा फैलिन नदिन हर सम्भब प्रयास गरेपछि यता लामो समय देखि कोरोना भाइरसका संक्रमित दिनदिनै घटिदै छन ।
साउदी अरेबियामा अहिले कोरोना भाइरस संक्रमितको संख्या भन्दा उपचारपछि निको हुनेको संख्या दिनदिनै दोब्बर बढी रहेका छन । साउदी स्वास्थ्य मंत्रालयले जनाए अनुसार शनिवार साँझ सम्म ४ सय ६१ जना नयाँ संक्रमित थपिएकोमा ७ सय ६९ जनाले उपचारपछि कोरोनालाई जितेर घर फर्किएका हुन् ।
नयाँ थपिएका संक्रमित मध्ये साउदी अरेबियाको प्रमुख शहर जद्दा ४९, पबित्र शहर मक्का मुर्करमा ४२, मदिना मुनव्वरा ४०, हाफुफ २९, रियाद २७, हायल २१ लगायत गरि ४ सय ६१ जना संक्रमित थपिएको मंत्रालयले जनाएको छ ।साउदी अरेबियामा हाल सम्मा कोरोना संक्रमितको जम्मा संख्या ३३ लाख २ हजार ७ सय ९० रहेको छ भने निको हुनेको जम्मा संख्या ३१ लाख ६ हजार ४०५ पुगेको साउदी स्वास्थ्य मंत्रालयको तथ्यांक छ । साउदी अरेबियामा हाल ११,७३० जना सक्रिय संक्रमित रहेका छन ।
जबकि १ हजार ३५ जनाको अवस्था गम्भीर रहेको छ जसलाई आईसियुमा राखेर उपचार जारी छ । कोरोना भाइरसको संक्रमणले गर्दा शनिवार ३० जनाको ज्यान गएको साउदी स्वास्थ्य मंत्रालयको बिज्ञप्तीमा उल्लेख छ । कोरोना भाइरसका कारण साउदी अरेबियामा हाल सम्म ज्यान गुमाउनेको जम्मा संख्या ४ हजार ६ सय ५५ पुगेको छ ।साउदी सरकारले आश्वासन दिएको छ कि यो बर्षको अन्त सम्म कोरोना भाइरसको वेक्सीन भेटाउन सकिन्छ जसले गर्दा देश छिट्टै कोरोना मुक्त हुन सक्छ । स्मणीय रहोस साउदी अरेबियामा पूर्ण रूपमा लकडाउन समाप्त भैइ जनजीबन समान्य बन्दै गएको छ ।



