२ श्रावण २०८३, शनिबार

साथमा हिड्ने हो त ?

एसीपी संवाददाता

२६ कार्तिक २०७७, बुधबार ०८:१४ मा प्रकाशित

प्रणाम🙏 शुभचिन्तक मित्रगण्

किनारामा बसेर यस्तो भएन उस्तो भएन यस्तो हुनु पर्थ्यो उस्तो हुनु पर्थ्यो यहाँ बिग्रीयो त्यहाँ बिग्रीयो भनेर भन्न धेरै सजिलो छ….

खास गरि आजका हामी नेपाली त झन् फेसबुकमा ज्ञानचन्द हुन कत्ती पनि बिलम्ब गर्दैनौं…

आफुलाई हरेक क्षेत्रको विशेषज्ञ नै ठान्छौं …

धरातलिय यथार्थलाई न बुझेर हावै हावामा हामी उडि रा छौं जस्तो लाग्छ..

.खासगरी राजनीतिक मुद्दाहरुमा र नेताहरुलाई भन्न हामी केही बांकी राख्दैनौं…

आज नेतृत्व तहमा जति पनि नेता ज्युहरु हुनुहुन्छ वहाँहरुलाई त्यो ठाउँमा पुर्यायो कस्ले?एक पटक आँखा चिम्ली बिचार गर्नुस….

हामी सङ्ग २ बिकल्प छ कि कराएर अरुलाई चोर औंला उठाउंदै कराउंदै क्षणिक आत्मरतिमा रमाउने कि किनारमा बसेर होईन कि बिच मैदानमा आएर त्यसलाई बद्ल्ने भनेर हिम्मत सुझबुझका साथ अघि बढ्ने….

१८८२.२७ वर्ग कि.मि. १ उप-महानगरपालिका१ नगरपालिका६ गाउंपालिका८१ वडा संख्या भएको बांके जिल्लामाआफ्नो नेतृत्वमा संगठन बिस्तार गर्ने योजनानुसार आन्तरिक गृहकार्य हुंदैछ..

कुन उद्देश्य? कुन एजेन्डा?कुन लक्ष्य र कसरी? भन्नी कुरा तपाईंहरु माझ ल्याउने नै छु।धैर्यधारण गरि राख्नुस..

मलाई आशा छ मलाई माया बिश्वास र साथ दिने शुभचिन्तक साथिभाईहरुको मलाई समर्थन सहयोग सल्लाह प्राप्त हुनेछ…

जेष्ठ २५ याद छ ?

मान्छे सहि बाटोमा हिंड्दा लड्छ उठ्छ फेरि लड्छ फेरी उठछ् …

गल्ती हुन्छ त्यसलाई सपार्छ तर यात्रा जारी राख्नु पर्छ घातप्रतिघातको छुराहरु रोपिन्छन…

अनेक आरोपहरु लाग्छन् तर निलकण्ठ बनेर त्यो बिष पनि पिउनु पर्छ तर आफू माथिको बिश्वास डगमगाउनु हुंदैन…

बाटो भेटिन्छ पक्कै पनि…..

थप उर्जा थप अनुभव थप हौसला थप अठोटका साथ आउंदै छु ।

नयाँ तरिकाले तर उद्देश्य उही मलामी कमाउने

श्री पशुपतिनाथले सबको भलो गरून्।।।

बुझनेलाई ईशारा काफि छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x