टिकापुरमा शनिबार थारुवान मोर्चाको बृहत बिरोध सभा हुँदै
कोरोना महामारीका कारण आफ्न संघर्सका कार्यक्रम स्थागित रहेको थरुहट थारुवान आमसभा सुचारु भएको छ । मोर्चाले आफ्न नेताकार्यकर्तालाई थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धालाई राजनीतिक तबरले तत्काल समाधान गरि निकास दिन थरुहट मोर्चाले माङ गरेको छ ।
थारु कल्याकारीणि सभा क्षेत्र नं. १ र थरुहट मोर्चा थारुवान राष्ट्रिय मोर्चाको जिल्ला कमिटिको संयूक्त आयोजनामा भोलि शनिबार मंसिर २० गते विरोध सभाको आयोजना हुँदै छ । एक सप्ताह देखि तयारीकालागि थरुहट मोर्चाले विभिन्न क्षेत्रका अगुवाहरुसंग बृहट छलफल गर्दै विभिन्न उपसमिति बनाएको हो ।
टीकापुर घटनालाई राजनीतिक तबरले तुरुन्त समाधान गर्नकोलागि सरकारलाई दबाव दिन विरोध सभा गर्न लागेको बताए । विरोध सभाको तयारीका लागि तयारी समिति समेत गठन भएको छ ।
टीकापुर घटना पश्चात त्यहाँका बासीहरु जनप्रतिनिधि विहिन भएको अवस्थामा उनीहरुलाई नै जागरुक गराउन तथा टीकापुर घटनाप्रतिको अपनत्व र सम्मानकोलागि सो विरोघ सभा टीकापुरमै गर्न लागेको जानकारी दिएका छ्न ।
, विभिन्न मोर्चा सङ समेत समन्वय गर्दै आएको र सहयोगका लागि आव्हान गरेको छ ।


