९ मंसिर २०८३, मंगलवार

सामाजिक न्याय र समानतामुखी आन्दोलनका लागि – अशोक यादव

एसीपी संवाददाता

१३ श्रावण २०८२, सोमबार १७:२७ मा प्रकाशित

सामाजिक न्याय र समानतामुखी आन्दोलनका लागि
” नेतृत्व हाम्रो हातमा ”
जय मातृभूमि! जय मधेस!!
For social justice and equality-oriented movements
“Leadership is in our hands”
Hail Motherland! Hail Madhes!!

अपिल: नेतृत्व हाम्रो हातमा
देशमा व्याप्त असमानता, विभेद र अवसरको अपूरो पहुँच विरुद्ध हामी अब चुप बस्न सक्दैनौं। सामाजिक न्याय, समानता र समावेशीताका लागि निर्णायक आवाज बुलन्द गर्न आवश्यक छ — र त्यो आवाज हामी सबैको हो।

नेतृत्व अब केही सीमित वर्गको अधिकार मात्र होइन। नेतृत्व हाम्रो पनि अधिकार हो — श्रमिकको, महिलाको, दलितको, मधेसी, आदिवासी, जनजाति, मुस्लिम, थारू र सीमान्तकृत समुदायको।
हामी निर्णय लिने हैसियतमा पुग्न चाहन्छौं, नीति निर्माणमा सहभागिता चाहन्छौं, र आफ्ना मुद्दाहरू आफैं उठाउन चाहन्छौं।

यही अभियानका लागि हामी अघि बढ्दैछौं —
“नेतृत्व हाम्रो हातमा” कार्यक्रममार्फत
हाम्रो नेतृत्व, हाम्रो दृष्टिकोण, र हाम्रो भविष्यका लागि।

अब समय आएको छ —
अधिकार माग्ने होइन, नेतृत्व ग्रहण गर्ने।
निर्णय बनाउने ठाउँमा पुग्ने।
र एउटा समावेशी, न्यायपूर्ण समाज निर्माण गर्ने।

आउनुहोस्,
नेतृत्व अब हाम्रो हातमा ल्याऔं।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x