१६ श्रावण २०८३, शनिबार
साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने ६५ जना पक्राउ
काठमाडौं, साउन १६ – नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट ६५ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार, २०८३ साउन १३ गतेदेखि १६ गते बिहान ९:०० बजेसम्मको अवधिमा देशका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्लागत पक्राउ धनुषा: ४५ जना , सर्लाही: ९ जना , सिरहा: ५ जना , महोत्तरी: २ जना , सुनसरी: २ जना , पर्सा: १ जना , सप्तरी: १ जना
प्रहरीले “विविधतामा एकता, हाम्रो पहिचान” भन्ने मूल नारासहित सामाजिक सद्भाव बिथोल्ने जो कोहीमाथि कडा निगरानी राखिने र कानुनी कारबाहीको दायरामा ल्याइने जनाएको छ।
Subscribe
Login
0 Comments


