साहु समाजको शुभकामना अदान प्रदान , युवा समिति गठन
श्याम कुमार साहु । साहु समाज समिति नेपालगन्ज, (बाँके) को नयाँ बर्षको शुभकामना अदान प्रदान सम्पन्न गरेको छ । साहु समाजका अध्यक्ष हंस राम शाहूको अध्यक्षतामा समप्न्न उक्त शुभकामना अदान प्रदानका दिन युवा समिति समेत चयन गरेको हो ।
नवा वर्षको अवसरमा साहु समाज युवा समिति जिल्ला कार्य समिति गठन गरिएको हो ।
साथै शुभकामना आदानप्रदान का साथै नयाँ पदाधिकारीलाई सपथ ग्रहण गरिएको छ । आउने दिनहरुमा समाजका लागि युवाहरु सक्रिय हुनु पर्ने बताउनु भयो । युवा समितीलाई जिल्ला कार्य समितिले टीका र दोसल्ला ह ओढाएर सम्मान गरेको हो ।
युवा समितिका अध्यक्ष सबैको साथ भयो भने हामी विकास गर्ने भन्दै बिश्वास व्यक्त गरे । सचिवले युवाहरुलाई समाजको लागि केही गर्ने अवसर आएको बताउनु भयो ।
आज चयन गरिएको युवा समितिमा अध्यक्ष राम किसान साहु, उपध्यक्ष पावन शाह, कोषध्यक्ष पिन्टु साहु, सचिव बृज लाल साहु, उपसचिव श्याम कुमार साहु र सदस्यहरु मा मनोज कुमार साहु, दिनेश कुमार साहु, सन्तोष कुमार साहु, सरोज शाहू, विमल कुमार साहु र रितेश कुमार साहु









