सिटिइभिटी लुम्बिनी प्रदेश समन्वय समितिमा बाँकेबाट हिम शाह सहित ३ जना चयन
नेपालगञ्ज । नेपाल विद्यार्थी संघ प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेश समन्वय समिति विस्तार गरिएको छ । प्रदेश अध्यक्ष सूर्यनारायण बटाला क्षेत्रीले उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु मनोनयन गर्नुभएको छ ।
नयाँ विस्तारित कार्यसमितिमा दुई जना उपाध्यक्ष, एक जना सचिव, दुई जना सहसचिव, एक जना कोषाध्यक्ष र १४ जना सदस्य छन् । समन्वय समितिमा रुपन्देहीकी विजेता अर्याल र अर्घाखाँचीका मुकुन्द आचार्य उपाध्यक्ष, प्यूठानका राजेन्द्र एमसी सचिव, प्यूठानका गणेश खनाल र गुल्मीका निरज शर्मा सहसचिव तथा अर्घाखाँचीका हरि घिमिरे कोषाध्यक्ष हुनुहुन्छ ।
सदस्यहरुमा बाँकेका हिमबहादुर शाह, विष्णु शर्मा, जगत सुवेदी र विकास थारु गरी ४ जना हुनुहुन्छ । त्यस्तै अन्य सदस्यहरुमा गुल्मीका अमृत भण्डारी, पाल्पाका प्रमोद श्रेष्ठ, अर्घाखाँचीका नारायण घिमिरे, रोल्पाका गोपाल विश्वकर्मा, कपिलबस्तुका सुरेन्द्र गुप्ता, रुपन्देहीकी शान्ति अर्याल, पूर्व रुकुमका रविन बुढा, बर्दियाका कविराज केसी र नवलपरासीका रमित थापा हुनुहुन्छ ।



