२ श्रावण २०८३, शनिबार
सिमानाकामा धर्ना: चरणबद्व आन्दोलन घोषणा सहित मलंगवाको दशगजा क्षेत्रमा धर्नामा
नेपाल भारत सीमानाका बिगत ८ महिना देखि बन्द भएपछि आफुहरुलाई समस्या भएको भन्दै सर्लाहीका स्थानीय चरणबद्व आन्दोलन घोषणा सहित मलंगवाको दशगजा क्षेत्रमा धर्नामा बसेका छन् ।
सर्वपक्षिय जिल्ला संर्घष समिती सर्लाहीले कालाबजारी, तस्करी, चोरी निकासी बढदै गएको र यसको मारमा जनता परेको भन्दै सीमा खुलाउनुपर्ने मागसहित धर्नामा बसेका हुन् ।सर्लाही जिल्लाबाट निर्वाचित स्थानीय तहका मेयर उपमेयर लगायत पदाधिकारीहरूको बैठकले नाका खुलाउन सीमानाकामा धर्ना र बिरोधका कार्यक्रमहरू गर्ने निर्णय गरेको र सोहि अनुसार मंग्लबार र बुधबार सीमाक्षेत्रमा धर्ना दिइएको समितिले जनाएको छ । सरकारले आफुहरुको माग पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ । यसअघि सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमा बन्द गरेको थियो ।
Subscribe
Login
0 Comments


