२३ आश्विन २०८३, शुक्रबार

सिमेन्ट कारखानाको चुनढुंगामा अज्ञात समुहद्वारा बम बिष्फोट

एसीपी संवाददाता

१९ मंसिर २०७७, शुक्रबार ०८:२१ मा प्रकाशित

उदयपुर । कटारीमा रहेको सिमेन्ट कारखानाको चुनढुंगामा अज्ञात समुहले बम बिष्फोट गराएको छ ।

कटारी नगरपालिका–८ मा रहेको सौर्य सिमेन्टका लागि चुनढुंगा उत्खनन गर्ने खानीमा गए राति अज्ञात समूहले बम विष्फोट गराएको हो ।

मध्यराति १२ बजेतिर भएको विष्फोटबाट चार वटा स्काभेटर र एउटा मोटरसाइकलमा क्षति पुगेको छ।

विष्फोटबाट बा १ ख ७९९२ नम्बरको स्काभेटर पूर्णरुपमा जलेर नष्ट भएको छ भने अन्य ३ वटामा क्षति पुगेको छ। एउटा मोटरसाइकल पूर्णरुपमा जलेको छ।

विष्फोटपछि आत्तिएर भाग्ने क्रममा खानीका पाँच जना कर्मचारी लडेर घाइते भएका छन्। घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ।

घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय कटारीका प्रमुख, प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले चार वटा बम विष्फोट भएको बताउनुभयो ।

उहाँले खानी क्षेत्रमा दुई वटा शंकास्पद वस्तु रहेकाले डिष्पोजल टोली लिएर घटनास्थल जान लागेको जानकारी दिनुभयो । इमेजखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x