३ श्रावण २०८३, आईतवार

सुझाव नमान्दा कोरोना संक्रमण बढेको काङ्ग्रेसको ठहर

एसीपी संवाददाता

१६ मंसिर २०७७, मंगलवार ०८:०६ मा प्रकाशित

नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना नियन्त्रणका लागि सरकारलाई दिएको सुझाव कार्यान्वयन नगरेकै कारण संक्रमितको संख्या नघटेको आरोप लगाएको छ ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्दै समितिका संयोजक डा प्रकाशशरण महत्तले कोरोनाको सुरुवात देखिनै समितिले सरकारलाई आवश्यक सुझाव दिएपनि सरकारले अटेर गरेको आरोप लगाउनुभयो । महत्तले बिपक्षीको कुरालाई सरकारले सम्बोधन र महशुस गर्न नसकेको गुनासो गर्नुभयो । उहाले कोरोना नियन्त्रणका लागि सरकारी प्रयास फितलो भएको उल्लेख गर्नुभयो । अव बस्ने संसदमा यस बिषयमा कांग्रेसले कडा आवाज उठाउनुपर्ने आम कार्यकर्ताबाट आवाज उठेको उहाको भनाई छ । उहाले सहज रुपमा कांग्रेसले उठाएका बिषयलाई सरकारले नसुनेको भन्दै अव सरकारको ध्यानाकर्षण गराउने बाटो खोज्ने चेतावनी पनि दिनुभयो ।
छलफलका क्रममा समितिले कोरोना नियन्त्रण र रोकथामका लागि पार्टीका तर्फबाट उठाउनुपर्ने र चाल्नुपर्ने कदमका बारेमा सुझाव लिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x