३२ असार २०८३, बिहीबार

सुनसरीको बर्जु गाउँपालिकामा मुस्लिम छात्राहरूका लागि विद्यालय भवन निर्माण

एसीपी संवाददाता

१ फाल्गुन २०८१, बिहीबार ११:४७ मा प्रकाशित

सुनसरी जिल्लाको बर्जु गाउँपालिका-५ मा रहेको मुस्लिम मदरसा निदाउल इस्लाम परिसरभित्र छात्राहरूको लागि छुट्टै विद्यालय भवन निर्माण गरिएको छ। उक्त विद्यालयको उद्घाटन बर्जु गाउँपालिकाका अध्यक्ष जीवकाचक कुमार राईले गर्नुभएको हो।

यस विद्यालय भवन निर्माणका लागि कुवेतको एक संस्थाले नेपाल डेभलपमेन्ट सोसाइटीमार्फत ७० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो। मदरसाको व्यवस्थापन समितिका सचिव मोहम्मद इस्राफिल अन्सारीका अनुसार २००६ मा स्थापना भएको यो मदरसा हाल कक्षा ७ सम्म सञ्चालनमा रहेको छ। विद्यालय व्यवस्थापन समितिले आगामी वर्षहरूमा कक्षा १२ सम्म विस्तार गर्ने योजना बनाएको छ।

विद्यालय भवनको निर्माणले मुस्लिम छात्राहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न सहज बनाउने स्थानीयहरूको अपेक्षा छ। साथै, आधुनिक शिक्षासँगै धार्मिक शिक्षालाई सन्तुलित गर्दै छात्राहरूलाई उज्ज्वल भविष्यको मार्गचित्र प्रदान गर्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x