२ श्रावण २०८३, शनिबार

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निशुल्क सेवा शुरु

एसीपी संवाददाता

५ मंसिर २०७७, शुक्रबार ०४:५० मा प्रकाशित

नेपालगन्जबाट करिब ६ किलोमीटर दुरिमा रहेको गुलरिया रोड बाकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शुक्रबारदेखि सर्जरी सेवा सुरु गर्ने भएको छ । केही समय नेकपाको सरकारले सुशील कोइरालाको नाम मेट्ने
प्रयास गरेकोबाट क्यान्सर अस्पताल झन देश भर चर्चा पाएको थियो । लकडाउनका समय बाकेमा कोरोना संक्रमणका बेला आइसोलेसनको समेत सुबिधा रहेको उक्त अस्पतालमा विभिन्न सेवा शुचारु भएको हुँदा स्थानीय खुशी भएका छ्न । अस्पतालले शरिरमा गाँठागुठी भएको, मासु पलाएको, मुसा निस्केकोलगायतको शल्यक्रिया गरिने जानकारी दिएको छ । सेवा शुभारम्भका अवसरमा निशुल्क शल्यक्रिया गरिने पनि अस्पताल श्रोतले बताएको छ ।

एकहप्ता भित्र जटिल खालका शल्यक्रिया गर्ने योजना बनाएको अस्पतालले अवको एकमहिना भित्र स्त्रीरोग विशेषज्ञसहितको सेवा दिने तयारी गरेको छ । चितवन पश्चिमको एकमात्र खजुरा क्यान्सर अस्पतालले अहिले किमोथेरापी, जनरल सेवा, ल्याव, भिडियो एक्स रे, सिटिस्क्यानलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

२५ जना जनशक्ति रहेको यो अस्पतालले सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सकसहित २५ जना जनशक्ति थप्ने तयारीमा रहेको पनि निर्देशक डा आचार्यले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x