१२ मंसिर २०८३, शुक्रबार

सैन्य कू को विरोधमा जारी

एसीपी संवाददाता

२६ फाल्गुन २०७७, बुधबार ०२:०९ मा प्रकाशित

एजेन्सी । सैन्य कू को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु भएको छ ।

सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेता झा म्याटलिनको मृत्यु भएको हो । याङगुनबाट पक्राउ परेको केही दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विघटित संसदको माथिल्लो सदनका सांसद म्याटलिन हिरासतमा मारिने दोस्रो नेता हुन् ।

यसअघि, एनएलडीका अर्का नेता खिन मौन लाटको गत शनिबार सेनाले नियन्त्रणमा लिएपछि हिरासतमै मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x