१ श्रावण २०८३, शुक्रबार
बाँकेमा सोमवार थपिए २९ जना संक्रमित

बाँकेमा आज सोमवार थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चारसय नमुना परीक्षण गरिएकोमा २९ जनामा भाइरस संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा २४ सहित २७ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै बागेश्वारी ल्याबमा गरिएको परिक्षणमा २ जना संक्रमित रहेका छन् २९ जना संक्रमित रहेका छन् ।
बाँकेको खजुराका ८, नेपालगञ्जका ८, कोहलपुरका ७ र ढकेरीका १ जनामा कोरोना देखिएको छ । यस्तै दैलेख, बर्दिया र बैतडीका एकएक जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय जनामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको अस्तालको सूचनामा उल्लेख छ ।

Subscribe
Login
0 Comments



