३ श्रावण २०८३, आईतवार

स्थानीय तहमा आधारभूत अस्पतालको सोमबार एकसाथ शिलन्यास गर्दै

एसीपी संवाददाता

१५ मंसिर २०७७, सोमबार ०४:१२ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३९६ वटा स्थानीय तहमा आधारभूत अस्पतालको सोमबार एकसाथ शिलन्यास गर्ने भएको छ । मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।

मन्त्रालयले चालु आर्थिक वर्षमा देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार जग्गा प्राप्त भइसकेका अस्पतालको एक साथ शिलन्यास हुने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जग्गा प्राप्त नभएका अस्पतालको हकमा स्थानीय तहले जग्गा प्राप्तीका लागि यथाशीघ्र पहल गरी अस्पताल शिलन्यास गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको पनि बताउनुभयो । उहाँले शिलन्यास गर्दा जनस्वास्थ्यका मापदण्ड पालन गर्न पनि सबैलाई अनुरोध गर्नुभएको छ ।

प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x