१ श्रावण २०८३, शुक्रबार

स्वतन्त्रताप्रेमी नेपालीहरूको सङ्घर्ष र योगदानका कारण आजका अधिकार र उपलब्धिहरू सम्भव – सिंह

एसीपी संवाददाता

२५ मंसिर २०८१, मंगलवार ११:१८ मा प्रकाशित

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरूको सङ्घर्ष र योगदानका कारण आजका अधिकार र उपलब्धिहरू सम्भव भएको बताएका छन्।

मङ्गलबार मङ्गलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले भने, “स्वतन्त्रताप्रेमी नेपालीहरूको योगदानको कारणले नै आजका दिनमा हामीले यि सबै अधिकारहरू भेला हुन पाउने, बोल्न पाउने अधिकार त्यसै आएको होइन । यो धेरैको बलिदानबाट आएको हो।”

उनले मङ्गलादेवी सिंहलाई नेपाली महिलाका अधिकारका लागि सङ्घर्ष गर्ने प्रमुख व्यक्तिका रूपमा स्मरण गर्दै, २०३६ सालको जनमत सङ्ग्रह र अन्य आन्दोलनहरूमा उनका योगदानलाई कदर गर्नुपर्नेमा जोड दिएका छन्।

उपप्रधानमन्त्री सिंहले भने, “मङ्गलादेवी सिंह खास गरेर नेपाली महिलाहरूको अधिकार र स्वतन्त्रताको लागि २०३६ साल हामीलाई याद छ। जनमत सङ्ग्रहको समयमा पनि निलो र पहेँलो, निलो भनेको बहुदलीय व्यवस्थाको लागि र पहेँलो भनेको सुधारिएको पञ्चायत भनेर जनमत सङ्ग्रह भएको थियो। त्यो बेला उहाँले ७५ जिल्लामा महिलाहरू सङ्गठित गरेर निलोमा, बहुदलको पक्षमा मत हाल्न गर्नुभएको योगदान बिर्सिनु हुँदैन। ०४२ सालको सत्याग्रहमा उहाँ जेल पर्नुभयो। ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धि फर्काउन अविष्मरणीय योगदान गर्नुभएको छ।”

सिंहले महिलालाई पैतृक सम्पत्तिमा अधिकार दिलाउन र नीति निर्माणका थलामा महिलाको सहभागिता सुनिश्चित गर्नको लागि आवाज उठाएको पनि उल्लेख गरेका छन्।

उनले महिलाको मागसहित २००४ मा समान अधिकारको आवश्यकता र सिंहको योगदानको महत्त्वलाई औंल्याउँदै, महिलालाई मताधिकार दिनुपर्ने कुरा उठाउनुभएको पनि स्मरण गराए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x